काठमाडौं। पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र सम्वर्द्धनका पक्षमा समाज गठन गरिएको हो ।
सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदानगरी सहयोग गर्ने उद्देश्यले पूर्वसूचना आयुक्त समाज गठन गरिएको संयोजक गुरुङले जानकारी दिए ।
संयोजक गुरुङका अनुसार पूर्वप्रमुख सूचना आयुक्तहरू कृष्णहरि बास्कोटा र गुरुङसहित पूर्वसूचना आयूक्तहरु श्री आचार्य, सविता भण्डारी, किरणकुमार पोखरेल, कमला ओली र रत्नप्रसाद मैनालीको उपस्थितिमा पूर्वसूचना आयुक्त समाज गठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १२ : २३
लेखकबाट थप