सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, १२ : ३७
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताएका  छन्।

पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राखेका हुन् ।

उनले सामुदायिक विद्यालयको नतिजा खुम्चिएको बताउँदै यसले चिन्ता थपेको बताए।  नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र यसका लागि शिक्षकको भूमिका बढाउन जरुरी रहेको उनको भनाइ छ ।

उनले सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ नभएकोले अव सन्तोष गर्ने अवस्थामा पुर्‍याउन मेहनत बढाउन जरुरी बताए । 

प्रतिक्रिया दिनुहोस