१९ वर्षीय किशोरी बलात्कृत

सफल खबर संवाददाता

सोमबार, १० असार २०८१, ०८ : ३३
१९ वर्षीय किशोरी बलात्कृत

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस