सिराहा । सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरिएको हो ।
राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाएको डीएसपी पासवानले बताए । जाहेरी परेपछि उनी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ