बुटवल । रूपन्देहीमा एक एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलाको घरमै गएर जबरजस्ती करणीगरी भिडियो खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिने बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख रञ्जीत सिंह राठौरले गुरुङलाई जबरजस्ती करणीको मुद्दा दर्ता भएर अनुसन्धान अघि बढेको लोकान्तरलाई बताए । ‘पीडित महिलाले दिएको उजुरीउपर अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ ।’ पीडित महिलाले पैसाको आडमा मुद्दालाई प्रभावित पार्न खोजेकोसमेत आरोप लगाएकी छिन् ।
पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् ।
पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ
करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ
छात्रालाई करणी गर्ने शिक्षकलाई १२ बर्ष जेल सजायँ
वनमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता