काठमाडौं । अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गरेका छन् ।
सामाजिक संजालमा शुक्रबार एक सन्देश दिँदै अध्यक्ष थापाले भारत र चिनसँगको संम्बन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेक छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ । नेपालका लागि भारत र चिनसँगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी काँग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापा लेख्छन्, भारत र चिनसँगको सम्बन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बनौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०७७, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा