वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् । आइतबार वीरगञ्जमा पार्टीको तराई-मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताए । अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको उनको जिकिर छ ।
तराई/मधेस उत्थानको महत्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको भन्दै थापाले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताए ।
उनले भने, ‘देश अहिले संकट नै संकटको चक्रव्युहमा फसेको छ । त्यसको प्रभाव स्वभाविक रूपले तराई/मधेसमा पनि परेको छ । तराई/मधेस उत्थानको एउटा महत्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पनि एउटा महत्वपूर्ण र अभिन्न अंग हुनुपर्छ । विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ । सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्छ । राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ । हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ ।’
अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?