काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । उनले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएकाले सो प्रस्ताव गरेको बताएका हुन् ।
उनले सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन प्रस्ताव गरेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै