मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक : महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १२ : ५६
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक : महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठककले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । 

निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ । 

यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए । 

यसैगरी राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस ९कोभिड(१९० को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस