भरतपुर । नेपाल क्रिकेट सङ्घ ९क्यान० को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो ।
आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।
क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताए । देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उनले जानकारी दिए । उन्नाइस जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन् । बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ ।
यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताए ।
आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अध्यक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ असोज २०७७, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
क्यानले तोक्यो एनपीएलको टिकट दर
विश्वकपमा छनौट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
विश्वकपमा सहभागी क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने क्यानको निर्णय
'क्यान' का पदाधिकारी र प्रधानमन्त्री ओली बिच भेटघाट
क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने