'क्यान' का पदाधिकारी र प्रधानमन्त्री ओली बिच भेटघाट

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १० : १९
'क्यान' का पदाधिकारी र प्रधानमन्त्री ओली बिच भेटघाट

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

शनिबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीले ओलीलाई भेटेका हुन् । भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत सहभागी थिए । 

भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै सामाजिक सञ्जालमा 'एउटा गतिलो रंगशाला बनाउनु पर्यो' भन्ने सुझाव सबैभन्दा धेरै आएको र सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने भएको स्मरण गरेका छन् ।

ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेको थियो ।