क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेण्डर

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १२ : २९
क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज आयोजित  पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले क्यानको आगामी वर्षकाे वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक क्यालेण्डरमा महिला पुरुष क्रिकेटकाे  विभिन्न टाेलीले खेल्ने प्रतियाेगिताहरु समावेश गरिएकाे छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियाेगिताहरु समावेश गरिएकाे सचिव पारस खड्काले  जानकारी दिए ।

क्यालेण्डर अनुसार सबैभन्दा बढी पुरुष किक्रेट टाेलीकाे खेल खेलाइनेछ ।  पुरुष क्रिकेटका लागि बाह्रै महिना खेल हुनेछ भने सबैभन्दा कम महिला यू १६काे एउटा मात्र खेल  हुने भएकाे छ ।