काठमाडौं । सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमण भएर भर्ना भएका भक्तपुरका एक बिरामीले उल्टै सशस्त्र प्रहरी बलको एम्बुलेन्स नै तोडफोड गरेका छन् ।
भक्तपुरको कमलविनायक घर भएका ५४ वर्षीय श्यामकृष्ण राजथलालाई भदौ ७ गते कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो ।
एक हप्ताको उपचारपछि राजथलाको कोरोना संक्रमण नभएको पुष्टि भएपछि अस्पतालको एम्बुलेन्सले नै उनलाई घर पु¥याउन जाँदा भक्तपुरको सल्लाहघारी पुगेपछि राजथलाले आफूलाई एम्बुलेन्स चालकले अपहरण गरेको भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए ।
चालकले राजथलाले गरेको व्यवहार देखेर गाडी रोक्नासाथ उनी ओर्लिएर भाग्न लागेको बेला नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर घर पु¥याइदिएका थिए ।
उनलाई घरमा पु¥याएपछि परिवारका सदस्यले तोडफोड भएको एम्बुलेन्स बनाइदिने र राजथला मानसिक रोगीसमेत रहेको बताएपछि प्रदेश नम्बर ३–००२ झ ५२३० नम्बरका चालक झलक बिसी अस्पताल फर्केको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ भदौ २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा