काठमाडौँ । गत साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालीन नेकपा एमालेनिकट दुई म्यानपावर व्यवसायी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
म्यानपावर व्यवसायी भिम रोक्का र बलभन्द्र ढकाल कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । उनीहरु दुवै जना अवैध सम्पत्ति जोगाउन कांग्रेसमा प्रवेश गरेको समाचार स्रोतको दाबी छ ।
याक्का ओभरसिजका सञ्चालक रहेका रोक्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति चलाउँदै आएका छन् । पूर्व आयुक्तका छोरा कमल बस्नेत उनका पार्टनर नै हुन् । रोक्काको नाममा अकुत सम्पत्ति जम्मा गरेको सुराकीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । नेकपाका नेताहरुले चासो नदिएपछि उनी कांग्रेस प्रवेश गरेको स्रोत बताउँछ ।
बस्नेतले करोडौं सम्पत्ति थुपारे पनि आफ्नो र परिवारको नाममा राखेका छैनन् । त्यसमध्ये धेरै रोक्काकै नाममा रहेको छ । सोही आधारमा विभागले रोक्काको सम्पत्ति समेत छानबिन गरिरहेको छ ।
प्रोटिच नेपाल मेनपावरका सञ्चालक ढकालको सम्पत्ति पनि विभागले छानबिन गरिरहेको छ । उनले पनि सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल तामेलीमा राख्न नमानेपछि उनी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा