चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुई र तीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो । उनले भने, “कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।” यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए ।
भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो । अरु थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो ।
बरालले अर्को गैँडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भासिएर मरेको अनुमान गरिएको बताए । निकुञ्ज हुँदै ठूला दुई राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ भदौ २०७७, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन