काठमाडौं । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ थिए । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो । त्यसैबेला ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरवारको कुरुप गेटमा ठोकिए ।
‘गाडी मैले चलाइरहेको थिएँ । सचिवज्यु र म एउटै गाडीमा थियौँ । प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेटनै झारले डम्म ढाकेको र भूँईभरी लेउ देखेपछि मैले सचिवज्युलाई देखाउँदै भने–‘यहाँ सिंहदरबार प्रशासनको ध्यान नपुगे जस्तो छ । यो काठमाडौँ महानगरपालिकाले नै सफा गर्दा हुन्न,’ सहसचिव ज्ञवालीले सचिव अर्यालसँग भएको सम्वाद स्मरण गराउँदै भने, ‘सचिवज्युबाट सकारात्मक सन्देश प्राप्त भएपछि मैले नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सचिवज्युको आदेश सुनाए । त्यसपछि उहाँसहितको टोली खटिएर महानगरपालिकाले सरसफाइ गरिएको हो ।’
निर्देशनलगत्तै वातावरण व्यवस्थापन विभागका करिब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडीको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गर्ने काम गरे । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो । त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो । त्यसपछि सिंहदरबारको मुलढोका एकैछिनमा सुन्दर देखियो । \
सामान्यभन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौन्दर्य बिग्रिने गरेको ज्ञवालीको भनाई छ । ‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाले केही समय अघि सिंहदरबार नजिकै माइतिघर मण्डलामा ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको छ ।’
ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताए । ‘यो उदाहरण मात्रै हो,’ उनले भने, ‘काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्छ । हामी निरन्तरता दिन तयार छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले खोस्यो हर्कको गाग्री
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि
नयाँ मन्त्रीलाई बधाई दिन जानेको भीडले सिंहदरबारमा जाम
बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक