गाईघाट । एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् । जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए ।
गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझार्ईएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ साउन २०७७, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ