कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ ।
आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी–५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलोज गरेको भन्दै दुबैलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले माग गरेको छ ।
समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात र गालीगलोज गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै