काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दक्षिणी छिमेकी मुलुक भारत आफुसँग निक्कै रिसाएको बताएका छन् । पार्टीको बुधबारबाट शुरु भएको स्थायी समिति बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले त्यस्तो बताएका हुन् ।
उनले मनिषा कोइरालाले एउटा सामान्य ट्वीट गर्दा त भारतीयहरु आक्रोशित भएको भन्दै आफुले नयाँ नक्सा नै जारी गर्दा कुन हदसम्म आक्रोशित भएका होलान् भन्ने सहज बुझ्न सकिने धारणा राखेको एक स्थायी समिति सदस्यले बताए ।
ओलीको भनाई उदधृत गर्दै ति नेताले भने, हामीले नक्सा निकाल्यौं । यो नक्सा निकाल्दाको टार्गेट त म नै छु । मनिषा कोइरालाले एउटा ट्वीट गर्दा उनी माथी त्यसरी खनिएका छन् भने हामीले नक्सा निकाल्दा, संविधानको संसोधन गरेर अनुसूचिमै राख्दा, भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक बनाएकोमा कडा रुपमा आपत्ती जनाउँदा उनीहरु (भारतीय) कति तातिएका होलान् ? उनीहरु कति रिसाएका छन् । एम्बेसीका मान्छेहरुले कति प्रेसर गरेका छन भन्ने कुरा हामीलाई थाहा छ , त्यो सवै ।
ओलीले भारतीय सेनाध्यक्षले सिमा नाघेर बोलेको पनि बताए । सेनाध्यक्षले कुनै तेश्रो मुलुकको इशारामा नेपालले लिम्पियाधुरासम्मको भागलाई दाबी गरेको भन्दै अभिब्यक्ती दिएका थिए । त्यसपछि नै भारतीय सञ्चारमाध्यमले चीनको नाम जोडेर नेपाललाई उकासेको आरोप लगाउदै आएका थिए ।
नेपाल आफैमा स्वन्त्र र सार्वभौम मुलुक भएको र यसले आफ्नो निर्णय आफैले स्वविवेकमा गर्न सक्छ भन्ने कुराको सामान्य हेक्का पनि नराखी भारतीय सञ्चारमाध्यम र सेनाध्यक्ष प्रस्तुत भएका थिए । बैठकमा ओलीले भारतीयहरुको स्वभाव चित्रित गर्दै आफुसँग आक्रोशित रहेको धारणा सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्री ओलीको आग्रह
ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्षको पनि समय मिल्ला भन्ने लाग्या छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्री ओलीको आग्रह
अब समय आएको छ, निजामति सेवा ऐन चाँडै पास हुन्छः प्रधानमन्त्री ओली