काठमाडौं। त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो।सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभा/ बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ। विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्विकार्नुमा झन लम्पसारवाद छ,’ सभा सदस्य श्यामराज ओझाले भने ।
यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए। डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भौगोलिक अखण्डता र स्वाभिमानका पक्षमा सदैव कटिबद्ध छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको प्रष्टोक्ति- सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री