काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुन: सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।
समाजवादी मोर्चाको बैठकअघि माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलको बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको दलको कार्यालयमा बसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने
समाजवादी मोर्चाको मञ्च तयार, प्रदर्शनीमार्गमा सवारी निषेध
समाजवादी मोर्चा र राजावादीको प्रदर्शन: बिहानैदेखि काठमाडौँमा सवारी आवागमन प्रभावित