काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट आज पेसीमा चढेको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासको दोस्रो नम्बरमा पेसी तोकिएको छ । दोस्रो नम्बरमै परेकाले यसमा आज सुनुवाइ हुने सम्भावना छ ।
२०७७ सालमा अध्यादेशमार्फत् नियुक्त ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर सुनुवाइ पटक–पटक सर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सुशासन अध्यादेशको पहिलो फाइदा थुनामा रहेका कर फर्छ्यौट आयोगका तीन पदाधिकारीलाई
प्रचण्डले बोलाए पदाधिकारी बैठक
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट