काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको छ ।
त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरु सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबारगते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल मिसन कंगोमा १ हजार १५१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
नेपालसहित ३३ देशद्वारा इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली