काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विश्वको कुनै शक्तिसँग पनि नझुक्ने स्वाभीमानी नागरिक भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दीक्षित हुने सबैलाई देशभक्तिको भावना नछाड्न आग्रह गरे ।
उनले भने, ‘तपाईंहरु कहिल्यै पनि कुनै पनि शक्तिको अगाडि विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जानेन- त्यस देशका स्वाभीमानी नागरिक हौं हामी । त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौं । हामी शान्ति चाहन्छौं ।
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको पनि सुनाए । उनले त्रिविमा भएको कमीकमजोरीलाई सच्याउँदै जाने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
थाइल्याण्ड भ्रमण अत्यन्त सफल र फलदायी रह्यो: प्रधानमन्त्री ओली