हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई लागुऔषध गाँजासहित गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधन सार्वजनिक गरेको हो ।
प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा सवारीसाधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपी लुकाइछिपाइ गरी ल्याइएको अवस्थामा अवैध लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु