काठमाडौँ । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उहाँ सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थाल्नुभएको छ । उहाँको भोली मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार दिउसोदेखि उहाँले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गर्नुभएको जनाइएको छ । आम आद्मी पार्टीका नेतासमेत रहनुभएका ५१ बर्षीय केजरीवाललाई कोरोनाभाइरसका विरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिनुभयो ।
“दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउसोदेखि ज्वरो र घाटी दुख्ने लगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,” सिंहले भन्नुभयो । मुख्यमन्त्री केजरीवाललाई चाडै निको होस् भनेर आफुले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँ छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरेपनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहले दावी गर्नुभयो । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ जेठ २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलबाट रिहा भए केजरीवाल
केजरीवालले पाएनन् सर्वोच्चबाट राहत
केजरीवाल अदालतबाटै पक्राउ
लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी
दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै
केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर