काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अर्को सुनुवाइ २३ अगस्टमा हुने भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ । केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायधीश सूर्यकान्त र उज्वल भुयनको संयुक्त इजलासले अन्तरिम जमानत नदिएर नोटिस जारी गर्ने आदेश दिएको हो ।
केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो ।सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेश गर्नुपर्नेछ ।
केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा गत मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा उनलाई भ्रष्टाचारको मुद्दामा सीबीआईले पक्राउ पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलबाट रिहा भए केजरीवाल
केजरीवाल अदालतबाटै पक्राउ
लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी
दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै
केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर