काठमाडौं। नयाँ दिल्ली–भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाटै पक्राउ गरेको छ ।न्यायाधीशले आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई त्यहीँबाट पक्राउ गरेको हो ।
अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि आफूसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई बुधबार नै न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो ।
सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनीता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित भएका थिए । सीबीआईका विशेष सरकारी अभियोजक डीपी सिंहले केजरीवालका वकिलको निवेदनविरुद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राखेका थिए ।
मंगलबार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले यसै वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पहिलोपल्ट पक्राउ गरेको थियो । यही मुद्दामा उनले पटक–पटक न्यायिक हिरासतमा बस्नु परिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलबाट रिहा भए केजरीवाल
केजरीवालले पाएनन् सर्वोच्चबाट राहत
लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी
दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै
केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर