पोखरा । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गर्नुभयो ।
महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग गरिएको बताउनुभयो । महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गठित उच्चस्तरीय समितिका संयोजक गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघसंस्था, पोखरासँग सीमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर उपलब्ध गराइने बताउनुभयो ।
चीनबाट सामग्री ल्याउन पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले समन्वय गर्नुभएको थियो । महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
भगिनी शहरबाट नौ प्रकारका सामग्री पोखरा आइपुगेको छ । दश हजार सर्जिकल मास्क, तीन सय गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगर अन्तरराष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो ।
तिमिल्सिनाका अनुसार यसअघि भगिनी शहर यिविन र गाञ्जी शहरबाट २० हजार मास्क आइसकेको र छुचाओ शहरले पठाएको सामग्री बाटामै छ । सबै शहरबाट महानगरलाई करीब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो । पोखराले चीनका हाइकाओ, नानिङलगायत शहरसँग पनि भगिनी सम्बन्ध कायम गरेको छ । त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर र दक्षिण कोरियाको ग्यान्बुक गु शहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ । -रासस_
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ जेठ २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत