काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ । बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेको सूचना अधिकारी अच्युत कुइँकेलले बताएका छन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ।
प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा रजिस्ट्रार पौडेलसहित सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल रहेका छन् । फुयाल, थापा र रावल आज साँझ एयर इन्डियाको जहाजमार्फत नयाँ दिल्ली हुँदै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल गत बिहीबार टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा टर्की भ्रमण जाने कार्यक्रम तय भएको थियो । तर टर्कीमा भूकम्प आएपछि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।
बेलायत भ्रमणका क्रममा टर्की ट्रान्जिट परे पनि त्यहाँ औपचारिक कुनै कार्यक्रम भने नरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १२ : ०९
लेखकबाट थप