क्रिमसन अस्पतालले भन्यो– उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०७७, १५ : १७
क्रिमसन अस्पतालले भन्यो– उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन

काठमाडौं । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ ।

आज बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।

कोरोना संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भनेर सफल खबरले पनि यसअघि समाचार प्रकाशित गरेको थियो । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचनासहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति सफल खबर परिवार क्षमायाचना गर्दछ । 

प्रतिक्रिया दिनुहोस