रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो ।
दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिनुभयो ।
हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ जेठ २०७७, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति