काठमाडौं । गोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ।
व्यास्प-७६बी (Wasp-76b) नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्छ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ। त्यो तापक्रममा धातुहरू पनि पग्लिन्छन्। उक्त ग्रहको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्।
जिनिभा विश्वविद्यालयका डा. डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। "पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्," उनले भने। स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।
उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको 'एस्प्रेसो' नामक नयाँ उपकरण प्रयोग गरी कसरी Wasp-76b को रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरियो त्यसको वर्णन गरेका छन्।बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ चैत्र २०७६, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
मंगल ग्रह पुग्न कति समय लाग्छ ?