एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसका कारण संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । भने संक्रमित व्यक्तिहरूको संख्या १ हजार ७८ पुगेको छ ।
पाकिस्तानको सिन्ध प्रान्त कोरोनाले सबैभन्दा बढी प्रभावित छ। यस प्रान्तमा ४ सय १३ मानिस संक्रमित छन् भने पंजाबमा ३ सय २३, खैबर पख्तूनख्वामा १ सय २१, बलुचिस्तानमा १ सय १९, बाल्टिस्तानमा ८१ र राजधानी इस्लामाबादमा २० जना संक्रमित छन्।
यस्तै पाकिस्तान प्रशासित काश्मिरमा एकजनामा मात्र संक्रमित भएका छन् । यसै गरि मृत्यु हुनेहरुमा खैबर पख्तूनख्वामा तीन, पंजाबमा दुई र सिन्ध, बलूचिस्तान र गिलगित बाल्टिस्तानमा एक÷एक जनाको मृत्यु भएको छ। संक्रमित भएर समयमै उपचार गराएका २० जना निको पनि भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०७६, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
पाकिस्तानले बढायो सेना प्रमुखको कार्यकाल सीमा
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन