इस्लामबाद । पुर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधिकारी घाइते भएको जनाइएको छ । दुवै क्याम्पबाट पीटीआई कार्यकर्ता र प्रहरीबीच झडपको खबर आउन जारी छ।
प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर घाइते भएका १४ अधिकारीलाई अस्पतालमा भर्ना गरेको बताएको छ। पीटीआई कार्यकर्ताहरूले दावी गरे कि प्रहरीले भीडमा अश्रु ग्यास प्रहार गरिरहेको छ र उनीहरूलाई लाठीहरू लिएर आक्रमण गरिरहेको छन्।
सोमबार बिहान इस्लामावाद भरि दर्जनौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो, स्थानीय अधिकारीहरूका अनुसार कम्तिमा ४ व्यक्ति पक्राउ परेका छन ।मध्य इस्लामावादको ठूलो शहर स्क्वायर डी चोकमा धेरै महत्त्वपूर्ण सरकारी भवनहरू नजिक उक्त प्रदर्शन भइरहेको छ । ।
संघीय आन्तरिक मन्त्री मोहसिन नक्वीले भनेका छन, ‘पुलिसले डी चोकको अनुगमन गरिरहेको छ र जो कोहीलाई पनि स्क्वायरमा पाइला छिर्न दिइने छैन ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० मंसिर २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता