इस्लामाबाद । पाकिस्तानले सेना, नौसेना र वायुसेनाका प्रमुखको कार्यकालको अवधि बढाएको छ । सरकारले संसदबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।
संसदले अनुमोदन गरेपछि तीनै सेनाका प्रधानसेनापतिको कार्यकाल पाँच वर्षको भएको छ । यसअघि यो कार्यकाल तीन वर्षको थियो । पाकिस्तानी सेनाको नियम अनुसार जनरलको अवकाश उमेर ६४ वर्ष तोकिएको छ ।
तर अब यो स्वीकृतिपछि सेना प्रमुखको हकमा यो नियम लागू हुने छैन । पाकिस्तानको पहिलो आर्मी एक्ट अन्तर्गत सेना प्रमुखको कार्यकाल तीन वर्ष तोकिएको थियो भने संसदले तीन वर्ष थप गर्न सक्नेछ । पाकिस्तानमा पनि कुनै समय सेना प्रमुखको कार्यकाल चार वर्षको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन सुरु
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने