क्वारेन्टाइनमा रहेका एक व्यक्तिको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १९ : २६
क्वारेन्टाइनमा रहेका  एक व्यक्तिको मृत्यु

फाईल फोटो

पोखरा । भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।  मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । 

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएको हुनाले काठमाडौं पठाउनु पर्ने बताउँछन्

। ‘सरकारले हाम्रो प्रदेशलाई पनि टेस्ट मेसिन दिने निर्णय त गरेको छ,’ उनले भने, ‘तर, आई सकेको छैन । कोरोना भएको हो कि होइन भनेर जाँच्न काठमाडौं मै पठाउनु पर्छ । लक डाउनले गर्दा पनि मेसिन आउन ढिला भई रहेको छ । सकेसम्म चाँडै आउँला मेसिन ।’