मस्को । रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।
सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।
भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् । घटनामा के कति क्षति भयो भन्ने विवरण आईनसकेको अधिकारीहरुले जनाएका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ चैत्र २०७६, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार