बिराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।
सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए । काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गरेका छन् । ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु ।’ नेता कोईरालाले भने ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’
धेरै नेता कार्यकर्ताहरुले आफुलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उनले बताए । सवैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउँन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिरसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०७६, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव