काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार गरेका छन् । पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएको बताए ।
उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्विकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा काँग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने ।’
उनले संसदमा सहमति भएपछि संसदबाट कुनै आवश्यकता अनुसारको संरचना तयार गरेर सहमति भएका विषयलाई समेटेर संशोधन गर्नुपर्ने बताए । उनले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी गर्ने बताए ।
खड्काले सरकारको कमीकमजोरी सच्याउन आवश्यक भए पनि दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए । उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले पनि जनतामा भएको असन्तुष्टिलाई घटाउँदै जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा