काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको बताएको छ ।
२५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भनेका छन्, ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ ।’
‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मोहन वैद्यको आईसीयूमा उपचार हुँदै
क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य
मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा
प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे : मोहन वैद्य