अपडेट: कोठा नम्बर ११४ मा साथीको हत्या गर्ने मिया पक्राउ

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, ११ : ०९
अपडेट: कोठा नम्बर ११४ मा साथीको हत्या गर्ने मिया पक्राउ

काठमाडौँ  । साथीको हत्या गरी फरार रहेका बंगलादेशी नागरिक दुला मियालाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको छ । गएराती ९ बजे हत्या आरोपी दुला मियालाई सिराहाको लाहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

उनीहरु बंगलादेशबाट एउटै प्लेनको सँगैको सिटमा बसेर आएका थिए । काठमाडौस्थित एक होटलमा पनि सँगै बसेका थिए । तर आफ्नै साथीको बोतल प्रहारबाट उक्त घटना भएको थियो ।  घटना काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा भएको हो । उनलाई अहिले काठमाडौँ ल्याईदै छ । आजै सार्वजनिक गर्ने तयारी प्रहरीको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । मिया ट्राभल एजेन्सीमा काम गर्ने व्यक्ति हुन् भने अहमद सञ्चालक हुन् । माघ ६ गते उनीहरु आउका थिए । सात गते घटना भएको थियो भने । आठ गते प्रहरीमा खबर पुग्दा उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस