सुन्दरीजलमा मृत भेटिएकी महिलाकाे हत्या भएकाे पुष्टि, २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १३ : ४५
सुन्दरीजलमा मृत भेटिएकी महिलाकाे हत्या भएकाे पुष्टि, २ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।

‘सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्’, अधिकारीले थपे, ‘हाल उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’

प्रतिक्रिया दिनुहोस