मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा रिहा गर्न अदालतले गर्यो अस्वीकार

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १५ : ३४
मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा रिहा गर्न अदालतले गर्यो अस्वीकार

अमेरिका। गत सोमबार अमेरिकारको ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेको हत्या गरेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका थिए ।

पाण्डेको हत्या आरोपमा अमेरिकाको टेक्सस राज्यस्थित ह्युष्टन प्रहरीले शाहलाई बुधबार राति ९ बजेतिर पक्राउ गरेको थियो । सिंहलाई पाण्डेको हत्या सम्बन्धमा दुई ओटा मुद्दा चलाइएको छ ।

उनीमाथि हत्या र गैर कानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दा दायर भएको छ । यी अभियोगमा दोषी भेटिएमा सिंहलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्नेछ ।

अदालतले केही सम्भाव्य कारण देखेर सिंहले माग गरेको जमानतको याचिका खारेज गरेको भन्दै एक स्थानीय अनलाइनले लेखेको छ । सिंहलाई अब मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराइनेछ ।ह्युष्टनमा नर्सिङ पढिरहेकी पाण्डे सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनीमाथि कयौँ राउन्ड गोली प्रहार भएको थियो ।

डकैतीको क्रममा सिंहले पाण्डेलाई गोली हानेको सरकारी वकिलहरूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्थानीय पत्रपत्रिकाका अनुसार सिंह डकैती गर्ने उद्देश्यले पाण्डेको अपार्टमेन्टमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस