काठमाडौँ । उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय नमान्दा सभामुख निर्वाचन प्रक्रिया नै अबरुद्ध छ । पटक पटक संसद स्थगित हुँदै पनि आएको छ । नेकपालाई अहिले शिवमायाँ तुम्बाहाङ्फेको अडान निकै कडा पिलो बन्न पुगेको छ ।
नेकपाका दुई अध्यक्ष उनलाई जसरी पनि राजीनामा गराउने प्रयास गरिरहेका छन् । तर उनी भने टसका मस भएर बसिरहेकी छिन् । महिला अधिकारकर्मीहरुहरु उनलाई ढाडस दिँदै छन् । उपसभामुख तुम्बाहाङ्फेको अडानप्रति महिला अधिकारकर्मीले प्रशंसा पनि गरे । आज काठमाडौँमा भेला भएका उनीहरुले अडान कायम राख्न पनि सुझाव दिए । वरिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मी मिरा ढुङ्गानाले उनको अडान जायज रहेको र सभामुख बनाउनुपर्नेमा जोड दिईन् । उनले अडान कायम राख्न पनि भनिन् ।
भेलाले जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएको प्रति गंभिर चासो प्रकट गर्दै बिधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकतालगायतका विधेयकहरु अलपत्र परेको अधिकारकर्मीहरुले बताए ।
उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आउनु भएको काममा कतै पनि बिवाद नआएको र उहाँले आफुलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गर्नु भएको भन्दै प्रशंसा गरिएको थियो । अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी सबै राजनीतिक दलहरुबाट विवेकपूर्ण निर्णय हुने महिला अधिकारकर्मी सञ्जिता तिमिल्सिनाले आशा व्यक्त गरिन् ।
आज काठमाडौँमा भएको कार्यक्रममा महिला तथा मानव अधिकारकर्मी, कानून ब्यवसायी, पत्रकारलगायत नागरिक समाजका बिभिन्न अन्तर पुस्ता समेट्ने महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०७६, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख
विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्यो सोधपुछ