काठमाडौँ । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिक रूपमा छानबिन थालेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेका छन् ।
उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् ।
संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टिममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।
उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।
आफूले उपसभामुख रानासँग सोधपुछ र छलफल पनि गरिरहेको उनले जानकारी दिए । उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएकी छन् । यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख
विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै