काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।
आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
नेकपा एसको स्थायि कमिटी बैठक जारी