मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, १६ : ५५
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने । निरन्तर भयो भने नियतसँग जोडिने भएकाले त्यसलाई दण्डनीय बनाउनु परेको बताए ।

१४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो । 

गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस