सुर्खेत । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन्।
नगर विकास समितिले हटियाचोकमा उपलब्ध गराएको जग्गामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय छ। ऋषिस्मृति भवन नाम दिइएको सो कार्यालय दुईतले छ। माथिल्लो तलाका नौवटा कोठा भाडामा दिइएको छ। भाडाबापत नेकपाले मासिक एक लाख रुपैयाँभन्दा बढी पाउँछ। भवनको माथिल्लो तलामा एउटा एग्रोभेट, एउटा डिमार्टमेन्टल स्टोर र सातवटा फेन्सी पसल छन्।
तल्लो तलामा पार्टी कार्यालय छ। तत्कालीन एमालेले प्रयोग गरेको सो भवनमा अहिले नेकपा कार्यालय छ। ‘राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले जिल्लास्थित राजनीतिक दलहरूलाई विभिन्न मितिमा एक–एक कट्ठा जमिन दिने निर्णय भएको हो,’ नगर विकास समितिका अमिन महेशप्रसाद पौडेलले भने, ‘तर दलहरूले उद्देश्यविपरीत काम गरिरहेका छन्।’
नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ। उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ। सो जमिनमा तीनवटा भट्टी पसल छन्। एउटा पसलले मासिक १० हजार रुपैयाँ भाडा बुझाउँछन्। ‘हामी आफैंले छाप्रा बनाएर पसल सञ्चालन गरेका हौं,’ फोरमलाई प्राप्त जमिनमा बसेका एक व्यापारीले भने, ‘तीनवटा पसलले मासिक १० हजारका दरले पैसा बुझाउने गरेका छौं।’ ती पसलेले भाडाको रकम बुझ्नेको नाम भन्ने खुलाएनन्।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा विलय भइसकेको छ।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ मंसिर २०७६, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक दलहरू एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फ केन्द्रित छन् : मीनेन्द्र रिजाल
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन