अन्तत : तोडियो मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, १९ : ०२
अन्तत : तोडियो मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी दि राभेनसँग ठेक्का सम्झौता तोडिएको छ । मेलम्ची खानेपानी विकास समितिको बिहिबार बसेको बोर्डको बैठकले सिएमसीसँग ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हो । 

ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकार समक्ष विकल्प सहितको प्रस्ताव पेश गर्नेछ । त्यसपछि नेपाल सरकारले यस सम्बन्धि विकल्प खोजेर निर्णय गर्नेछ । सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरी हालको परिस्थितिले सिर्जित ढिलाईलाई समेत परिपूर्ति गर्नेतर्फ सचेत भइ अघि बढ्ने समितिले जनाएको छ । 

आयोजना निर्माण कार्य सम्पन्न नहुँदै समितिलाई कुनै जानकारी नदिई सिएमसी आयोजनास्थल छाडेर हिंडेको थियो । त्यसपछि समितिले सिएमसीलाई आयोजना छाड्ेर हिड्नुको कारण भए १४ दिनभित्र जवाफ पठाउन माघ ६ गते पत्राचार गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारीक जवाफ प्राप्त नभएपछि ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको समितिले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस